चैत्र १५, जुम्ला
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पोषण पुनस्र्थापना गृह सञ्चालन गरेको छ । प्रतिष्ठानको कार्यक्षेत्र पर्ने १३ जिल्लाका शीघ्र कुपोषण बालबालिकालाई पोषणयुक्त बनाउन पोषण गृह सञ्चलनमा ल्याएको हो । नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोग तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पोषण पुनर्स्थापना गृह सञ्चालन गरेको छ ।
कर्णाली प्रदेशको माथिल्लो कर्णाली (जुम्ला, हुम्ला, डोल्पा, कालिकोट र मुगु) जिल्लाका शीघ्र कुपोषण बालबालिकाको संख्या बढेको छ । पोषण पुनर्स्थापना भएपछि गृहमा भर्ना भएका ५ जना कुपोषण बालबालिकामध्ये २ जनालाई पोषणयुक्त बनाएर घर पठाएको छ ।
जिल्लामा ७ दशमलव ५ प्रतिशत, कम तौल भएका ३५ दशमलव ६ प्रतिशत र ५४ दशमल ५ प्रतिशत होचा–पुड्का बालबालिकाको तथ्यांक छ । बच्चाको स्वास्थ्य तथा पोषण अवस्था पहिलाको तुलनामा निकै सुधार भएको चन्दननाथ नगरपालिकाकी जमुना नेपाली, बताइन् ।
उनले भनिन्, ’२० दिन पोषण पुनस्र्थापना गृहमा बस्दा बच्चाको पोषणमा सुधार भएर घर फर्किएका छन् । उनले थपिन्, ’हामीलाई बच्चालाई घरमा पोषणयुक्त खानेकुरा ध्यान दिनुपर्ने सुझाव र सल्लाह प्राप्त भएको छ ।’
त्यस्तै सिंजा गाउँपालिका जुम्लाकी दिलमाया रावतले भनिन्, ’बच्चा कुपोषित भएर यहाँ पोषण पुनसर््थापना गृहमा भर्ना गरेका छौँ । बच्चालाई पोषणमा सुधार हुने अपेक्षा गरिएको छ ।’ रावतका अनुसार पहिला भर्ना भएका बच्चा पोषणयुक्त भएर घर फर्किका छन् ।
कुपोषित बालबालिकाको पोषणमा सुधार ल्याउन गृह सञ्चालनमा ल्याएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका संयोजक, निशान्त लामाले बताए । उनले भने,’ कर्णालीको विशेष गरी पाँच जिल्लाको तथ्यांकलाई हेर्ने हो भने शीघ्र कुपोषण बालबालिका बढी छन् ।’ उनीहरुको पोषणमा सुधार ल्याउनका लागि निःशुल्क पोषण पुनसर््थापना गृह सञ्चालनमा ल्याएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका नर्सिङ प्रमुख सविना थापा भन्छिन्, ’कुपोषित बालबालिकालाई २० दिनमै पोषणयुक्त बनाएर घर पठाउन सकेका छौँ । कर्णालीमा जति पनि कुपोषित बालबालिका छन् । उनीहरुको पोषणमा सुधार ल्याउन नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पोषण पुसर््थापना गृह सञ्चालनमा ल्याएको हो ।’
कुपोषित बालबालिकालाई घरमा राख्नु हुँदैन । बालबालिका कुपोषित भएको खण्डमा पोषण पुनसर््थापना गृहमा भर्ना गर्न आग्रह गरिएको उनले बताइन् ।
प्रतिष्ठानले १६ फागुनदेखि पोषण पुर्नस्थापना गृह सञ्चलानमा ल्याएर निः शुल्क सेवा गर्दै आएको छ । गृहमा हाल भर्ना भएका ५ जना कुपोषण बालबालिकामध्ये २ जनालाई पोषणयुक्त बनाएर घर पठाएको छ । उनीहरूलाई २० दिनसम्म राखिएको थियो ।
कर्णाली प्रदेशको माथिल्लो कर्णाली (जुम्ला, हुम्ला, डोल्पा, कालिकोट र मुगु) का शीघ्र कुपोषण बालबालिका संख्या बढ्दै गएपछि कुपोषण दर घटाउन पोषण पुनर्स्थापना गृहमा सञ्चालन गरिएको हो ।









